तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा शीर्ष नेताहरुबीच छलफल

डेटूडे खबर डेस्क
०७ माघ २०७८
जनकपुरधाम । शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषय छलफल गरेको छ । निर्वाचन खर्च, नेपालको भूगोललगायतका विषयलाई ध्यानमा राखेर नेताहरुका बीचमा छलफल भएको बताइएको छ ।
संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गर्न गठबन्धन आवद्ध दलहरु प्रतिबद्ध रहेको एक नेताले जानकरी दिए ।
तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तीनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ तथा प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट कानुनविदसँग परामर्श गर्ने निर्णय बैठकले गरेको छ ।