स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने शेखर समूहको निष्कर्ष

  डेटूडे खबर डेस्क
  ११ माघ २०७८

                            

जनकपुरधाम । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको शेखर कोइराला पक्षका नेताहरुले आरोप लगाएका छन् । शेखर पक्ष नेताहरुले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार बसेको शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै असन्टुष्टि पोखेका हुन् ।

राष्ट्रिय राजनीतिमा कांग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने आवाज उठेको नेताहरुले बताएका छन् ।

निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नगरेको भन्दै नेताहरुले आक्रोश बैठकामा पोेखेको एक नेताको भनाइ छ । गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट