कुशल र दीपेन्द्र चम्किँदा फिलिपिन्समाथि नेपालको सानदार जित

  डेटूडे खबर डेस्क
  ०७ फाल्गुण २०७८

                            

जनकपुरधाम । टि–२० विश्वकप छनाेट अन्तरगत फिलिपिन्समाथि नेपालले सहज जित निकालेको छ।

  1. कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेकाे हाे। जारी प्रतियाेगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएकाे छ।  

नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्याे। यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रनकाे याेगफल खडा गर्‍याे।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन। दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए। पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रनमै आउट भए। त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले विशाल योगफल खडा गर्‍याे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट