विश्वकप नक आउट सुरु हुँदै - दक्षिण अफ्रिका र क्यानडा खेल्ने

  डेटूडे खबर डेस्क
  १४ आषाढ़ २०८३

                            

एजेन्सी - फिफा विश्व कप २०२६ को नकआउट चरणको खेल आज सुरू हुँदैछ।  नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ।  खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिका र क्यानडा दुवै पहिलो पटक विश्व कपको नकआउट चरणमा पुगेका हुन्। यही कारण दुवैको लागि जित अर्को इतिहास बनाउने अवसरको रूपमा रहनेछ। 

ग्रुप 'ए' मा समुह उपविजेता बन्दै दक्षिण अफ्रिका अन्तिम ३२ मा स्थान बनाउन सफल भएको हो। पहिलो खेल मेक्सिकोसँग २-० ले हारेको उसले दोस्रो खेल चेकियासँग १-१ कप बराबरी खेल्यो। समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियालाई स्तब्ध बनाउँदै नकआउट चरणमा पुगेको हो। 

कोरियालाई हराएको खेलमा तीव्र काउन्टर अट्याकमा दक्षिण अफ्रिको आक्रमण उत्कृष्ट रहेको थियो। जसले उर्दा कोरियाले भन्दा बढी अवसर सिर्जना गर्न समेत सफल भएको थियो। 

मेक्सिको विरूद्धको खेलमा रातो कार्ड पाएपछि दक्षिण अफ्रिकाले आजको खेलमा थेम्बा ज्वानेको साथ पाउने छैन्। सुरूमा उनलाई १ खेलको प्रतिबन्ध लागेको भएपनि त्यसलाई बढाएर ३ खेल सम्म पुर्याइएको छ। 

यता क्यानडाको नकआउट चरणको यात्रा पनि दक्षिण अफ्रिकाको जस्तै छ। उसले कतार विरूद्ध ६-० को जित निकालेको थियो। बोस्निया हर्जगोभिनासँग १-१ को बराबरी खेल्दा पछिल्लो खेलमा स्वीजरल्यान्डसँग हारेको थियो। 

यही हारको कारण क्यानडा समूह उपविजेता बन्यो। जसको कारण भ्यान्कुभरमा नै बस्ने अवसर गुमायो। क्यानडा नक आउट चरणको लागि लस एन्जलस जाँदा घरेलु मैदान र समर्थकको साथ गुमाउने छ। 

सह आयोजक अमेरिका गएर खेल्दै गर्दा प्रशिक्षक जेसी मार्शले स्विट्जरल्या्डसँगको हारपछि टोलीलाई लयमा फर्काउने र घरेलु मैदान बाहिर खेल्ने चुनौती रहेको बताए। 

कतार विरुद्धको खेलमा खुट्टा भाँचिएपछि मिडफिल्डर इस्माइलले विश्व कप गुमाएका छन्। यस्तै आज स्टार लेफ्ट ब्याक अल्फोन्सो डेभिस भने उपलब्ध हुनेछन्।  ग्यास्ट्रिङकोन कारण उनले अघिल्लो सबै खेल गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट