मधेश सरकारद्वारा धार्मिक पर्यटकीय क्षेत्र घोषणा

  डेटूडे खबर डेस्क
  १२ चैत्र २०७८

                            

बिरगंज ।  मधेश प्रदेश सरकारले मधेश प्रदेशको एक महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिका वडा नं. १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई एक कार्यक्रम बिच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्ष भित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले पर्सा राष्ट्रिय निकुञ्जसंग भाथाधामको पर्यटकीय विकासको लागि आवश्यक सम्पूर्ण पूर्वाधार विकासको जिम्मा प्रदेश सरकारको रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र विकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरेका थिए ।

अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, संघिय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा प्रदेश सदस्य दिपक यादव, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट