सिरहामा गोली लागेर एक युवकको मृत्यु
डेटूडे खबर डेस्क
१४ श्रावण २०८३
जनकपुरधाम । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा गोली लागेर करिब १९ वर्षका गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिए।
प्रदर्शनकारीहरु मृतकलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। प्रहरीका अनुसार प्रदर्शनका क्रममा एकजना घाइते समेत भएका छन्। घाइतेलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएकाे छ ।
