जनकपुरधाममा कर्फ्यु आदेश जारी
डेटूडे खबर डेस्क
१४ श्रावण २०८३
जनकपुरधाम। सुनसरी घटनाको विरोधमा जनकपुरधाम तथा आसपासका क्षेत्रमा बिहीबार बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
