रुस र भारतबीचको व्यापारको भुक्तानी रुपैयाँ–रुबलको सीधा भुक्तानी प्रणाली यसै साता लन्च गरिने
डेटूडे खबर समाचारदाता
१५ चैत्र २०७८
रुस र भारतबीचको व्यापारको भुक्तानी रुपैयाँ–रुबलको सीधा भुक्तानी प्रणाली यसै साता लन्च गरिने फेडरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईइओ) का अध्यक्ष ए शक्तिभेलले सीएनबीसीलाई बताएका छन् । यो व्यवस्थापनले भारत र रुसलाई अमेरिकी डलरलाई बाइपास गरेर वित्तीय संचालन गर्न सहयोग पुऱ्याउनेछ । युक्रेनमा भएको द्वन्द्वको विषयलाई लिएर लगाइएको पश्चिमा प्रतिबन्धका कारण रुस अमेरिकी मुद्रा प्रयोग गर्नबाट बञ्चित हुँदै आएको छ ।
भारत सरकारले ५ राष्ट्रियकरण भएका भारतीय बैंकहरुले यो प्रस्तावमा काम गरिरहेको ती अधिकारीले बताएका छन् । बैंकहरुले रुपैयाँ–रुबल व्यापार संयन्त्र बनाइरहेका छन् । यो विषयमा केन्द्रीय बैंकका गभर्नर, वित्त मन्त्री र बैंकहरुले पहिलेनै छलफल गरिसकेका छन् । यो व्यवस्थाले भारतीय निर्यातकर्ताहरुलाई प्रतिबन्धका बावजुद रुससँगको व्यापार गर्न सहयोग पुग्ने छ । यसले भारतलाई रुसी उर्जा निर्यात र अन्य सामग्री किन्नका लागि सहयोग पुग्नेछ ।
शक्तिभेलका अनुसार भारतीय अर्थतन्त्रले रुसले खेपिरहेको प्रतिबन्धको कारण रुसी बजारमा आफ्नो विस्तारको अवसर प्राप्त गर्न सक्छ ।
‘रुसमा निर्यात धेरै छैन । यो केवल कृषि र औषधी उत्पादनमा मात्रै सिमित रहदै आएको छ । हाल पुरै पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाउदै आएका छन् । रुसमा प्रवेश गर्न भारतीय फर्महरुका लागि प्रशस्त सम्भावनाहरू छन्,’ उनले थपे ।
भारतको वित्त मन्त्रालय र रिजर्भ बैंक अफ इन्डियाले नयाँ व्यापार व्यवस्थाको बारेमा हालसम्म पनि कुनै टिप्पणी गरेका छैनन् । अमेरिका र ईयूको विपरित भारतले युक्रेनमा सैन्य संचालनको विषयलाई लिएर रुसको आलोचना गरेका छैनन् । यूएनको भोटिङको कुनै पनि विषयमा उ अनुपस्थित रहदै आएको छ । रुससँगको व्यापारलाई निरन्तरता दिने विषयमा सोधिएको विषयमा पश्चिमाको आक्रोश बढ्न सक्ने शक्तिभेलले बताएका छन् । युक्रेनको विषमा भारत हालसम्म पनि तटस्थ रुपमा बस्दै आएको छ । सरकारले सबै तत्वहरुको लेखाजोखा गर्ने छ । सरकारले अत्यन्त सतर्कतापूर्वक आफ्नो भूमिका निभाएको विषयमा उनले जोड दिए ।
भारतले २०२१ मा ३.३ अर्ब डलर बराबरको सामग्री रुसमा निर्यात गरेको थियो । यो विशेषगरी औषधीजन्य उत्पादन, चिया र कफि थियो ।
आयातको मामिलामा भारतले ६.९ अर्ब डलरको रुसी उत्पादन आयात गरेको थियो । यसमा हतियार र रक्षा सामग्री, खनिज स्रोत, मल, धातु, हिरा र अन्य बहुमूल्य स्टोनहरु थिए ।
भारतले रुसी तेल पनि खरिद गर्दै आएको छ । पछिल्ला मिडिया रिपोर्टका अनुसार देशको प्रमुख रिफाइनर इन्डियन आयल कर्पले गत महिनामा रुसी कच्चा तेलको खरिद गर्ने विषयमा कदम अगाडि बढाएको थियो । आकासिएको कमोडिटीको मूल्यका बीच भारतले रुस र बेलारुसबाट कच्चा पदार्थ किन्ने बारेमा सोचिरहेको बताइएको छ ।