पोखराविरूद्ध काठमाण्डुका भीम सार्कीको पनि अर्धशतक
डेटूडे खबर डेस्क
१८ मंसिर २०८२
काठमाडौँ । पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुका लागि उनले १९ बलमा चार छक्का र पाँच चौकाको मद्दतले ५१ रन हानेका हुन्। यस अगाडि काठमाण्डुकै बेन चार्ल्सले पनि अर्धशतक बनाएका थिए।
