मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हबल्दारको मृत्यु

  डेटूडे खबर डेस्क
  १८ मंसिर २०८२

                            

विराटनगर । मोटरसाइकल दुर्घटनामा विराटनगरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

बरगाछी चोकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा मोरङ बेलबारी नगरपालिका–८ घर भई कोसी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, बुधबार राति १२ः२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोकनजिक कोसी राजमार्गमा दुर्घटना भएको थियो ।

कञ्चनबारीतर्फ जाँदै गरेको बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते खड्कालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट