टिप्परको ठक्करबाट दुई बालिकाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  १६ चैत्र २०७८

                            

काठमाण्डाै । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाको ज्यान गएको छ । बालिकाका बुवा गम्भीर घाइते भएका छन् ।

बिहान पौने ८ बजेतिर बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा स्कूल जाँदै गरेका बेला उनीहरुलाई बा ४ ख ६९६५ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार बालिकाका बुवा रोहन घिसिङले मोटरसाइकल चलाउनु भएको थियो । अर्को गाडीलाई बाटो छोड्ने क्रममा टिप्पर व्याक सर्दा मोटरसाइल किचीएको स्थानीय बासिन्दालाई उदृत गर्दै घटनास्थलमा रहेका प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाउने एउटा बालिकाको उमेर ८ वर्षको छ भने अर्की बालिकाको उमेर १० देखि १२ वर्षको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालिकाका बुवा रोहन घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट