राष्ट्रपति विरुद्धका रिटमाथिको सुनुवाइ सर्यो

  डेटूडे खबर डेस्क
  ०७ असोज २०७९

                            

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आइतवारका लागि सरेको छ । 

अदालतमा दर्ता भएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पाँच वटै रिट आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर, सुनुवाइ आउँदो आइतवारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । 

अधिवक्ताहरु सुनिल रञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले दायर गरेका छुट्टाछुट्टै रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ । 

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको उल्लंघन गरेको रिटमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितल निवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट