महोत्तरी : जसपा नगर कार्य समिति अध्यक्षमा रामप्रकाश यादव

डेटूडे खबर डेस्क
१९ चैत्र २०७८
जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालले महोत्तरी जिल्लाको जलेश्वरमा आयोजित समायोजन कार्यक्रममा महोत्तरीको तत्कालीन पूर्व राजपा नेपालबाट जसपामा समायोजन सकिएको छ ।
शनिबार महोत्तरीको जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जसपाले पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री एवं प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहाको अध्यक्षतामा २५१ सदस्यीय नयाँ महोत्तरीको जिल्ला समन्वय समिति समेत चयन भएको छ ।
सरोज सिंह कुशवाहाको अध्यक्षतामा र जसपा पार्टी नेपालको पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं केन्द्रिय सदस्य हरिनारायण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजनको अध्यक्ष राम प्रकाश यादव चयन भएका छन, कुशवाहाको नेतृत्वमा २५१ सदस्य चयन भएको छ । उपाध्यक्षमा शिवचन्दर साह,नथुनी यादव सह-सचिव सर्बेश झा,चयन भएको छन भने कोषाध्यक्ष र सचिव रिक्त छन।
कार्यक्रममा जसपाका समन्वय समितिका जिल्ला अध्यक्ष राम प्रकाश यादवले जनता समाजवादी पार्टीनै संघीयता ल्याउने पहिलो पार्टी रहेको दावी गरे । उनले नेपालमा व्याप्त बर्गीय विभेदलाई जरो देखि उखेल्न जसपाको नेत्रीत्व चाहिने बताए।
कार्यक्रममा प्रमुख अतिथी यादवले नवगठित समितिलाई बधाई दिदै जसपाले नेतृत्वमा महिलालाई समान रुपले समेट्ने जिकिर गरे । महिला सहभागीतालाई समेत नेतृत्वमा ल्याउनु आजको आवश्यकता हो ।
सो कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण शंकर साह, तेज नारायण यादव, रामनरेश यादबव, मुक्तिनारायण यादव, श्याम कुमार यादव, जसपा मधेश प्रदेश उपाध्यक्ष लिलाहरी खतिवडा, जसपा पार्टी नेपालका क्षेत्रिय अध्यक्ष्,उ पाध्यक्ष, जिल्ला सदस्य, तथा नेता कार्यक्रताको उपस्तितीमा समायोजन कार्यक्रम सम्पन्न भयो ।