प्रधानमन्त्री देउवा बनारसमा, योगी आदित्यनाथले गरे स्वागत

डेटूडे खबर डेस्क
२० चैत्र २०७८
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्। त्यहाँ प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले स्वागत गरेका हुन्।
नयाँ दिल्लीबाट एअर इन्डियामार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री देउवालाई काशीका ठाउँठाउँमा सांस्कृतिक नाचका साथ स्वागत गरिएको छ। बनारसमा देउवाले काल भैरव, विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन्। बनारसबाट नयाँ दिल्ली हुँदै देउवा आजै काठमाडौं फर्कनेछन्।