चैत्र नवरात्रिको चौथो दिन आज कूष्मांडाको पूजा हुँदै
डेटूडे खबर समाचारदाता
२२ चैत्र २०७८
आज चैत्र नवरात्रिको चौथो दिन मां कूष्मांडाको पूजा हुँदैछ । नवदुर्गाको चौथो स्वरुप माता कूष्मांडा लाई ब्रम्हांड रचनाकार भनिन्छ । अष्टभुजी माता कूष्मांडाको हातमा क्रमशः कमंडल,धनुष,बाण,कमल पुष्प,कलश, चक्र, र गदा हो । आठौं हातमा सबै सिद्धी र निधि दिने माला हो । देवीको हातमा जुन अमृत कलश हो त्यसमा आफ्नो भक्तहरुकालागी दीर्घायु र उत्तम स्वास्थ्यको वरदान हो । माताको सवारी सिंह हो जसलाई धर्मको प्रतीक मानिन्छ ।
भागवत गीताका अनुसार, माता कूष्मांडाको स्वरुप देवी पार्वतीको विवाह पछि देखी कार्तिकेयको जन्मको बीचको हो । यो रुपमा देवी पार्वती संपूर्ण सृष्टिलाई धारण गर्छिन् । संतानप्राप्तिका ईच्छा रख्ने भक्तगणले माताको उपासना गरे भने मनोकामना पूर्णहुने मान्यता छ । ज्योतिषहरुका अनुसार कूष्मांडा देवीको उपासनाले कुंडलीमा भएको बुद्ध संग जुडेको बाधाहरु दूर हुनसक्छ । माताको उपासनाले भक्तहरुका सबै रोग शोक नष्ट हुन्छ ।