धनुषामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २२ चैत्र २०७८

                            

जनकपुरधाम। धनुषामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ का ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

आज विहान धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा ल्यइएको  इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

ठक्कर दिएको पिकअप र चाकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट