उदयपुरमा एक छात्राको हत्या

  डेटूडे खबर समाचारदाता
  २२ चैत्र २०७८

                            

२२ चैत, काठमाडौं। उदयपुरको बेलका नगरपालिका–३ मा एक छात्राको हत्या भएको छ ।


कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।


उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट