मुख्यमन्त्री राउतले दिए कमला अभियानी यादवलाई बधाई

  डेटूडे खबर डेस्क
  २२ चैत्र २०७८

                            
 
जनकपुरधाम। मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले भारतमा जलप्रहरी सम्मानले सम्मानित भएका कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई
बधाई दिएका हुन् ।
भारत सरकारकाे जल शक्ति मन्त्रालय,सरकारी टेल.कम या जल जीवन मिसन को संयुक्त तत्वधान मा आयोजित जल प्रहरी सम्मान समारोहमा यादव सम्मानित भएका थिए ।
 
विगत ४ वर्ष देखी कमलानदी सफाई लगायतको कार्यमा सक्रिय रहेका यादवले जल प्रहरी सम्मान प्राप्त गरेपछि मुख्यमन्त्री राउतले आफनै निवासमा गम्छा ओढाई
बधाई दिएका  छन् ।
मधेश सरकारको स्वच्छता अभियानलाई सहयोग पुग्ने गरि कार्य गर्दै आएका यादव जलप्रहरी सम्मानबाट सम्मानित हुने मुलुककै पहिलो व्यक्ति हुन् ।
 
मधेश र देशकै नाम उच्च गरेकामा थप सफलताको कामना गर्दै कमला बचाउ अभियानमा मधेश सरकारको पनि सहयोग रहने उमुख्यमन्त्रीले प्रतिबद्धता समेत जनाएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट