धनुषाबाट : लागूऔषध सहित एक युवक प्रहरीको फन्दामा

  डेटूडे खबर डेस्क
  २३ चैत्र २०७८

                            

जनकपुरधाम ।  धनुषाबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकज कुमार गुरमैता रहेका छन् ।

गुरमैताको साथबाट ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागू औषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकल सहित लागू औषध बरामद गरेको थियो ।

गुरमैतामाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट