मधेश प्रदेश : मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
.[2].jpg)
डेटूडे खबर डेस्क
२३ चैत्र २०७८
पर्सा । पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।
मंगलबार साँझ ५ बजे उनी सवार भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएपछि दुर्घटना भएको थियाे ।