वीरगन्जबाट करोडौको सामान बोकेका दुई वटा मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

  डेटूडे खबर डेस्क
  २३ चैत्र २०७८

                            

वीरगन्ज । सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।

ना७ख ९४२ र ना२ख ९५४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।

ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको र  ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू  रहेको  थियाे ।

प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट