प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एक स्टाफ नर्सको मृत्यु

  डेटूडे खबर डेस्क
  २३ चैत्र २०७८

                            

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एक स्टाफ नर्सको  मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको डायलसिस वार्डमा कार्यरत्त अन्दाजी ३० वर्षीय दीपा कामैतको मृत्यु भएको हो ।

गत चैत २१ गते नै उनको निधन भएको प्रादेशिक अस्पतालले बुधवार (आज) एक शोक विज्ञप्ती जारी गर्दै जनाएको हो ।

ब्लड क्यान्सरबाट पीडित कामैतको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रादेशिक अस्पतालका अधिकृत रामटहल यादवले जारी गरेको शोक विज्ञप्तीमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति संवेदान व्यक्त गरिएको छ ।

दीपा जनकपुर नर्सिंग कलेजबाट स्टाफ नर्स अध्ययन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट