जनकपुरधाममा तिनदिने साहित्य, कला तथा नाट्य महोत्सव सुरु

  डेटूडे खबर डेस्क
  २३ चैत्र २०७८

                            

जनकपुरधाम । जनकपुरधाम आजदेखि  तीनदिने साहित्य, कला तथा नाट्य महोत्सव सुरु भएको छ । 

 मैथिली विकास कोषले आयोजना गरेको महोत्सवमा मधेसमा मानिने सबै प्रकारका  धर्म, संस्कृति, वेशभूषा, रहनसहन, लोकदेवता, लोकपर्व, लोकगीत तथा मौलिक वस्तुहरूको प्रदर्शनी सहित कलशयात्रा निकालिएको हो ।

छठ पर्व, समाचकेवा, जुडशीतल, झिझिया लगायत मुस्लिम समुदायको मुख्य पर्वका समाग्री सहित सम्बन्धित गीत गाउँदै विभिन्न विद्यालयका विद्यार्थी सहभागी भएका थिए । किसानको समाग्री सहित सीताराम विवाहपञ्चमी लगायत वेशभूषा पनि प्रदर्शन गरिएको छ ।

महोत्सवका सत्रहरू जानकी मन्दिरको प्रांगणमा र जनकपुर उद्योग वाणिज्य संघमा हुने जनाइएको छ। महोत्सवमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा सक्रिय नेपाल–भारतका करिब १०० स्रष्टा सहभागी हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट