सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक युवकको मृत्यु

  डेटूडे खबर समाचारदाता
  २३ चैत्र २०७८

                            

२३ चैत, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ ७ :४० बजेतिर मलगंवा नगरपालिका-९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो ।

 गोली लागेर घाइते भएका भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमारको उपचारका क्रममा मृत्यु भएको हो । उनी आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् । घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

 गोली कसले चलाएको भन्नेबारे खुल्न नसकेको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट