जसपा सप्तरीले आफूखुशी उम्मेदबारी घोषणा गर्नेलाई कारबाहीगर्ने

  डेटूडे खबर समाचारदाता
  २३ चैत्र २०७८

                            

२३ चैत, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) सप्तरीले आफूखुशी उम्मेदबारी घोषणा गर्नेलाई कारबाहीगर्ने भएको छ ।

जिल्लामा कतिपय नेताले आफूखुशी उम्मेदबार भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेको पाइएपछि पार्टीले कारबाहीको चेतावनी दिएको हो ।

 पार्टीका जिल्ला अध्यक्ष केदार यादवले बुधबार बिज्ञप्ती जारी गर्दै निर्देशन विपरीत आफूलाई स्वघोषित उम्मेदवार भएको भनी भ्रम फैलाउने क्रियाकलाप बन्द नगरिए जोकोहीलाई पनि अनुशासनको कारबाहीहुने चेतावनी दिएका छन् ।

स्थानीय तहको चुनावमा उम्मेदवार चयन प्रक्रियालाई प्रभावित गर्ने गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैसँग आग्रह गर्दै विज्ञाप्तिमा भनिएको छ, ‘जिल्लामा केही व्‍यक्तिले पार्टी निर्देशन, विधि, प्रक्रिया र निर्वाचन सम्बन्धी कार्यविधिलाई नै चुनौती दिने गरी आफूलाई उम्मेदवार भएको भनी सामाजिक सञ्जालमा भ्रम फैलाउने गतिविधि गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 जसपा, सप्तरीले वडा देखि पालिका सम्म उम्मेदवार चयन गर्ने प्रक्रिया शुरु गरेको जनाउँदै विज्ञप्तिमा पार्टीको स्थानीय तह निर्वाचन कार्यविधि २०७९ अनुसार उम्मेदवार चयन गरि एक तह माथि सिफारिस गर्नुपर्ने प्रावधान रहेकाले सोही बमोजिम गरिने उल्लेख गरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट