मधेश प्रदेश : बेपता रहेका बालकको सेफ्टी ट्यांकीमा शव फेला

डेटूडे खबर डेस्क
२४ चैत्र २०७८
जनकपुरधाम । सर्लाहीमा केही दिन देखि बेपता भएका बालकको हत्या गरेर सेफ्टी ट्यांकमा फ्याकेको अवस्थामा शव फेला परेको छ ।
सर्लाहीको मलंगवा नगरपालिकाद१२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाश ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नै गाउँमा छिमेकीको घरको नजिकै रहेको सौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आइतबार राती गाउँमै न्वारानको भोज खान गएकोदेखि बेपता भएपछि प्रहरीमा जानकारी गराएपछि बालकलाई खोजतलास गर्ने क्रममा शव फेला परेको हो ।
फेला परेको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकरी गराए ।