धनुषामा युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

  डेटूडे खबर समाचारदाता
  २४ चैत्र २०७८

                            

धनुषामा युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाको हँसपुर नगरपालिकास्थित गहुँ खेतमा विजय रामको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार सोही ठाउँका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार हत्यामा महरासहित तीन जनाको संलग्नता रहेको छ । प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा ३ जनाले घोली चलाएर हत्या गरेका हुन् । प्रहरीले अनुसन्धानका क्रममा सो नगरपालिका १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर विजयको गोली हानी हत्या गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।


उनीहरुले पुरानो रिसिबीको बदला लिने उद्देश्यले विजयको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । प्रहरी उपरीक्षक रजौरेले भने, ‘तिनीहरुको धेरै पहिला लागूऔषध सेवन गर्नका लागि विवाद भएको थियो । सो क्रममा तिनीहरुबीच विवाद हुँदा विजयको हत्या गर्ने योजना बनेको थियो ।’ पक्राउ परेका मनोजमाथि ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए । यस्तै फरार रहेका दुबै जनाको खोजतलास भइरहेको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट