उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न

डेटूडे खबर डेस्क
२५ चैत्र २०७८
जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको वासन्ती चैती छठ शुक्रवार (आज) सम्पन्न भएको छ। बिहीबार साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्य देव आर्थत दिनानाथलाई पूजा सामग्री अर्घ दिएपछि चैती छठ पर्व विधिवत सम्पन्न भएको हो ।
जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा विभिन्न पोखरी, तालतलाउ लगायत पानीको मुहान क्षेत्रमा घाट बनाई छठ पर्वको लागि घाट सजाइएको थियो।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार नहायखाय भएको थियो। दोस्रो दिन खर्ना सम्पन्न गरियो भने छठको मुख्य दिन बिहीवार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो। शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ सम्पन्न भएको हो।
धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाईने यो पर्व केही वर्ष पूर्व सम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भएको देखिन्छ ।