२ हजार ७ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

  डेटूडे खबर डेस्क
  २७ चैत्र २०७८

                            

जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेापालमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप ४८ जना काेराेना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यही अवधिमा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । 

यसबीच २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट