जनकपुरधाम उपमहानगरपालिकाका मेयरको घर अगाडि सफाइ कर्मचारीको धर्ना

  डेटूडे खबर डेस्क
  २७ चैत्र २०७८

                            

जनकपुरधाम । सफाइ कर्मचारीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयरको घर अगाडि प्रदर्शन गरेका छन् ।

आइतवार सफाइ कर्मचारीहरुले आफुहरुलाई काममा लगाएर पूनः हटाएपछि नगर प्रमुख लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन् ।

जनकपुरधाम–४ स्थित मेयर साहको घर अगाडि तिनीहरुले धर्ना दिएका छन् ।

आफूसँग नगर प्रमुख साहले अन्याय गरेको आरोप लगाउँदै सफाइ कर्मचारीहरुले साहविरुद्ध नारावाजीसमेत गरेका थिए ।

घर अगाडि नै सफाइ कर्मचारीहरुले नारावाजी गर्दै धर्ना दिएपछि मेयर साह घण्टौं निवासबाट बाहिन निस्कन सकेका थिएनन् ।

जनकपुरधाम फोहोर रहेको भन्दै पटक पटक आन्दोलन हुँदै आएको छ । जनकपुरधामको चोक–चोकमा फोहोर थुपारिएर राखिएको हुन्छ् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट