राष्ट्रिय अभियान अन्तर्गत महिलाको समानुपातिक समावेशी र सुनिश्चिताको माग राख्दै ६ दललाई ओरेकको माग पत्र हस्तान्तरण

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७८

                            

जनकपुरधाम । साेमवार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गर्दै ओरेक नेपालको राष्ट्रिय अभियान अन्तर्गत महिलाको समानुपातिक समावेशी अधिकार सुनिश्चिताको माग राख्दै दलहरुलाई पत्र हस्तान्तरण गरिएको छ  । 

६ दलका नेताहरुको उपस्थितीमा नेताहरुलाई माग पत्र हस्तान्तरणसँगै प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराएको ओरेक धनुषाकी जिल्ला संयोजक रोजलिन सिंह बच्छारले बताइन् ।

ओरेक नेपालको पहलमा अन्तर महिला पार्टी सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, धनुषा महिला सञ्जाल, निल हिरा समाज र उन्नत नेपालको सहकार्यमा आयोजित कार्यक्रममा ६ प्रमुख दलका नेताहरुको उपस्तिति रहेको थियो ।

लोसपाका प्रमुख सचेतक प्रमेश्वर साह, एमालेबाट धनुषा जिल्ला महासचिव श्याम पुर्वे, कांग्रेसका जिल्ला उपसभापति गणेश झा, माओवादी केन्द्रका चन्द्र शेखर साह, नेकपा समाजवादीबाट जिल्ला उपाध्यक्ष सुरेन्द्र राय, जसपा नेता अम्भु प्रसाद साहको उपस्थिती रहेको थियाे।

त्यसतेे कार्यक्रममा महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, पार्टीका महिला सदस्य तथा नेताहरुको उपस्थितीसंगै युवा महिलाहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट