सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १५ वैशाख २०७९

                            

सुनसरीको हरीनगरा गाउँपालिका-४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज दिउसो ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४९ बर्षीय प्रदिप साह घाईते भएका थिए ।

घाईते भएका साहलाई उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालक बिराटनगर-१ का ३३ बर्षीय मोहमद रेम अंसारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट