पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन
डेटूडे खबर डेस्क
१५ वैशाख २०७९
पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।