मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन विदा हुने

  डेटूडे खबर डेस्क
  १५ वैशाख २०७९

                            

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका क्रममा मतदान केन्द्र तोकिएका विद्यालयहरु ३ दिन विदा हुने भएका छन् । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको हो । स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयहरु २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भन्दै आयोगले भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट