इद उल फित्र पर्व आज : मुस्लिम समुदायले विशेष नमाज पाठ गरी मनाउदै

  डेटूडे खबर डेस्क
  २० वैशाख २०७९

                            

जनकपुरधाम । मुस्लिम समुदायले आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउदै छन् । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन यो पर्व मनाउने गर्दछन् ।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बेलुकी चन्द्रमा देखिएपछि भोलिपल्ट इद उल फित्र मनाउने गर्दछन् ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट