देउवा र मोदीद्वारा मायादेवी मन्दिरमा प्रार्थना

  डेटूडे खबर डेस्क
  ०२ जेठ २०७९

                            

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् । 

‘बुद्ध पूर्णिमाको पावन अवसरमा दुवै प्रधानमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन्,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन् । उनले आज ६ घण्टा लुम्बिनीमा बिताई स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट