राम कथा मोरारी बापू ७ गते जनकपुर आउदै

  डेटूडे खबर डेस्क
  ०४ जेठ २०७९

                            

जनकपुरधाम : यही आउदो ७ गते शनिवारदेखी जेष्ठ १५ गते सम्म संत राम कथा मोरारी बापू जनकपुरधाम आउदै ।

मोरारी बापूद्वारा श्री रामकथा प्रवचन कार्यक्रम जनकपुरधामको तिरहुतिया गाछीमा  हुने भएको व्यहोरा सबैमा  रामकथा प्रेमयज्ञ समितिका अध्यक्ष रामरोशन दासले बताएका  छन ।

यस पुनित कार्यमा स्थानीयवासीहरुको साथ् सहयोग, सुझाव, सल्लाह तथा मार्गदर्शनका लागि सदैव आकांक्षी रहने दासले जानकारी दिए।

यही  प्रवचन कार्यक्रम ७ गते शनिवार साझ ४ बजे देखी ७ बजे सम्म हुने भएको छ ।

त्यस्तै जेष्ठ ८ गते रविवार देखी १५ गतेसम्म  विहान १० बजे देखी १ :३० बजे सम्म प्रसाद (भोजन) सम्पूर्ण श्रद्धालुहरुलाई भक्तजनका लागि १२ :३० बजे सम्म हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट