सीता जनकपुरधाम आउँदै

  डेटूडे खबर डेस्क
  ०५ जेठ २०७९

                            

जनकपुरधाम । रामानन्द सागरद्वारा निर्मित धार्मिक धारावाहिक ‘रामायण’मा सीताकी भूमिकामा अभिनय गरेकी दिपिका चिमोरिया सन्त मोरारी जनकपुरधाममा आउन लागेकी छन् ।

जनकपुरधाममा जेठ ७ गतेदेखि १५ गतेसम्म हुने रामकथा प्रवचन कार्यक्रममा सन्त रामकथा मोरारी बाबुसँग दिपिका पनि जनकपुरधाम आउन लागेकी हुन् ।यो जानकारी जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले दिए ।

रामकथा प्रेमयज्ञ समितिका अध्यक्ष समेत रहेका छोटे महन्थ दासले पत्रकार सम्मेलन गरेर मोरारी बापुद्वारा श्री रामकथा प्रवचन कार्यक्रम जनकपुरधामको तिरहतिया गाछीमा हुने बताए ।

उनका अनुसार सात दिनसम्म हुने रामकथामा नेपाल भारत लगायत विभिन्न ठाउँबाट प्रतिदिन १० हजार बढी श्रद्धालुहरु सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट