निर्यातमुखी आँप उत्पादनमा उदासीन तिनैतह सरकार
डेटूडे खबर डेस्क
०५ आषाढ़ २०७९
बिसुनदेव सरदार, लहान । फलफूलका राजा आँप यसवर्ष निकैमात्रा फलेको देखिन्छ। तर, तराई मधेशको आर्थिक आयाम हेतु संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कुनै चासो देखिएको छैन ।
आँप आयातभन्दा निर्यातलाई प्रथमिकता हुनु आवश्यक छ । निर्यातमुखी आँप उत्पादनमा उदासीन तिनैतह सरकार देखियो । सिमित मात्रामा आँप फल्नुले मधेशको शान पुग्दैन्न । शहरबजार देखि स्थानीय गाउँसम्म छ्यापछ्याप्ती पाउनु पर्छ । मानव जीवनका लागि फलफूल अति महत्त्वपूर्ण खाद्यान्न पदार्थमध्ये एक हो । यस वर्ष आँप सिमितमात्राले फलेको देखिन्छ ।
मधेश प्रदेशका धेरैजसो जिल्लाहरु सिराहा, सप्तरी, धनुषा लगायत तराई मधेशका जिल्लाहरुमा आँप सिमित क्रममा देखिएको छ । हाम्रो शरीरलाई खाद्यान्न तथा पौष्टिक आहारको समस्या नहुनदिन आँप साथै विभिन्न प्रकारका फलफुल सेवन गर्ने गरिन्छ । लक्ष्मीपुर - पतारी गाउँपालिका बस्ने ६१ वर्षिय हरिलाल रामले दिएको जानकारी अनुसार कुनै साल सिराहा जिल्लामा नसोचेसम्म आँप फल्छ । तर यस वर्ष ठिकठिकै मात्रा फलेको बताए । उनका अनुसार सबै प्राकृतिक र ईश्वरीय देन हो, भनेका छन ।
यदि वैज्ञानिक ढङ्गबाट आपको खेती गर्यौ भने किसानको लागि फलदायी हुने बताए । यहाँ धेरै किसिमका आँपका प्रजाति पाइन्छ । जस्तै मालद, कलकतिया, बमई, किसुनभोग, अम्रपाली, भदैया पाइन्छ ।
तराई मधेशमा लिच्ची घटदोक्रमा देखिएको थियोे, तर अर्को ठाउँको, कटहरमा सङ्का छैन कटहर प्रशस्त पाइन्छ भन्ने हरिलाल रामले प्रत्यक्ष भेटघाट गरी बताए । आज सिराहाको लहान,धनगडी, गोलबजारमा आँप प्रतिकलो मालदह ५५, ६०/- रुपैयाँ पाइयो । कलकतिया ३०/- रुपैयाँ किनबेच गरेको पाइयो । फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन `ए ´, भिटामिन 'सी' का साथै कपर, जिंक , पोटासियम, मिनरेल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरिरलाई निकै फाइदाजनक हुन्छ । आँपका फाइदाहरु :- आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरिरमा कोलेस्ट्रोलको लेवल कम गर्न मद्दत गर्छ ।
साथै मुटु सम्बन्धि समस्याबाट मुक्ति मिल्छ। - आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्रइटिसको समस्याबाट मुक्ति मिल्छ। - आँपमा पाईने 'ए' ले गर्दा आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
आँपको सेवनले शरिरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरिरमा इन्फेकसन हुनबाट बचाउँछ। आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरिरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ।
आँपमा भरपुर मात्रामा भिटामिन "बी" हुन्छ । जसले मस्तिष्कलाई स्वास्थ्य राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । यसको सेवनले ब्लडप्रेसरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ । २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चाँया समस्याबाट मुक्ति मिल्छ ।
सिराहा, सप्तरी र धनुषा आँपको पकेट क्षेत्रको रुपमा परिचित छ । मालद, बमई, किसुनभोग, कलकतिया, अम्रपाली जस्ता आँप फल्ने गर्दछन । तराई मधेशको अर्थतन्त्रको एउटा आधारका साथै सामाजिक - साँस्कृतिक प्रतीक पनि हो, आँप ।
गाउँघरमा गर्मी याममा मधेशीहरु आँपको बगैंचामा सुस्ताउन रुचाउँछन् । त्यसो गर्दा आँपको रखवाली पनि हुन्छ, शितल छायाँ पनि मिल्छ । आँप जस्तो स्वाद र " निराला अंदाज " अर्को कुनै फलमा पाइदैन पनि ।
मधेशमा जेठदेखी भदौसम्म रुखमै आँप पाइन्छ । विशेषत: मालदह आँपमा विशिष्ट स्वाद र सुगन्ध हुन्छ। यो मौसमका चार्डपर्व र हुने भोज भतेरमा आँप एउटा विशेष परिकार नै भयो । विहे भोजमा खानपिन सकेपछि जयन्तीका अगाडि खास मुल्य तोकेर आँप प्रस्तुत गरिन्छ । आँपको मौसममा नातेदार, इष्टमित्र कहाँ पनि आँप कोसेली पुर्याउने चलन छ। जिल्ला सदरमुकाम होस वा राजधानीमा , कर्मचारी सरुवा बढुवा , नोकरी चाकरीका लागि " आँपको टोकरी " लगिन्छ पठाइन्छ । आँपको रस सुकाएर अमावट वा आम पापड बनाइन्छ ।मधेशमा काँचो आँपको दर्जनौं प्रकारका चटनी , अचार , खटाई आदि बनाइन्छ ।
कतै व्यवसायिक बगैंचा छ त कतै सामान्य तवरले आफ्नो उपयोगका लागि लगाइएको आँपका फुलबारीहरु छन। भने हुन नसकेको छैन । जबकि किसान र पर्यटनलाई लक्ष्यित गरी यस्तो विशेषताका आँपहरुको प्रदर्शन मात्र होइन्न , दर्जनौं प्रकारका आँपकै फुलबारीमा पस्कन सकिन्छ ।
यसरी आँपको मौसममा मधेशीलाई पर्यटकमय बनाएर अर्थतन्त्र बढाउन सकिन्छ । स्वदेशी - विदेशी पर्यटकलाई " आँप खाने " वा झटारो हानेर रुखबाट आँप झार्ने प्रतियोगिता गराएर प्रचुर मनोरञ्जन लिन दिन पनि सकिन्छ । अब यी र यस्ता कार्यलाई प्रोत्साहित गर्न प्रदेश र स्थानीय सरकारले यसमा लाग्न र ध्यानदिनु पर्नेमा जोड दिनुपर्छ।