वीरगञ्ज नाका हुँदै ३ महिनामा ८ अर्ब ७० करोड रुपैयाँका गाडी भित्रिए

  डेटूडे खबर डेस्क
  १७ कार्तिक २०८२

                            

पर्सा  ।  वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका गाडी भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आर्थिक वर्षको तीन महिनामा गाडीको आयात र त्यसबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिएका छन्। गएको आर्थिक वर्षको तीन महिनामा ६ अर्ब १९ करोड रुपैयाँ मूल्य पर्ने विभिन्न थरिका गाडी आयात भएका थिए । गएको वर्षको तीन महिनामा गाडीको आयातबाट पाँच अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालू आर्थिक वर्षको तीन महिनामा तीन अर्ब ४१ करोड रुपैयाँ मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा मोटरसाइकल आयात भएको छ । तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड पाँच लाख रुपैयाँ पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट