बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
डेटूडे खबर डेस्क
२० कार्तिक २०८२
काठमाडौँ । नेकपा एमाले निकट युवा संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।
बालेनले लेखेको स्ट्याटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।
साइबर ब्युरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्युरोका प्रवक्ता दिपक राज अवस्थीले बताए ।
मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्ट्याटस लेखेका थिए । उनले उक्त स्ट्याटस केहीबेरमै पेजबाट हटाएका थिए ।
