निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा नाका ७२ घण्टाका लागि बन्द

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०८२

                            

महोत्तरी । भारतको बिहार राज्यमा आगामी मङ्गलबार हुने दोस्रो चरणको विधानसभाको निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

निर्वाचन अवधिमा शान्ति सूरक्षा व्यवस्थापनका लागि आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्म लागि सीमानाका बन्द गरिने व्यवस्था गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सूचनामा भनिएको छ, “भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुने निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा सुदृढीकरणका लागि जिल्लाका सबै नाकामा उच्च सतर्कता अपनाई आवागमन पूर्ण रूपमा रोकिएको छ ।”

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट