मुस्लिम समुदायको बकर ईद आज, देशभर सार्वजनिक विदा

  डेटूडे खबर डेस्क
  २६ आषाढ़ २०७९

                            

जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज जनकपुरधाम सहित देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै नुहाइ धुवाई गरी पाक भई नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक अर्कालाई शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ ।  यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर ईदका अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिममा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ भने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिजै ईदको अवसरमा शुभकामना दिनुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट