आज साउन महिनाको तेस्राे सोमबार, शिवालयहरुमा भक्तजनको भीड

  डेटूडे खबर डेस्क
  १६ श्रावण २०७९

                            

जनकपुरधाम । आज साउन महिनाको तेस्राे सोमवार, शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ । 

जनकपुरधमको शिव मन्दिर, कपिलेश्वर महादेव मन्दिर, जलेश्वरको शिव मन्दिर, टुटेश्वर महादेव मन्दिर,धनुषाको क्षिरेश्वरनाथ महादेव मन्दिर लगायत मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको पूजाअर्चना गर्ने घुइँचो लागेको हो । 

 साउन महिनामा शिवजीको पूजा आराधना एवं साेमबारको व्रतबसी दर्शन गर्नाले मनको हरेक इच्छा मनोकामना पूरा हुने धार्मिक विश्वासमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट