आज साउन महिनाको चौंथो सोमबार, शिवालयहरुमा भक्तजनको भीड
डेटूडे खबर डेस्क
२३ श्रावण २०७९
जनकपुरधाम । आज साउन महिनाको चाैथाे सोमवार, शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । साउने सोमवार व्रत बसी भगवान शिवको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
जनकपुरधमको शिव मन्दिर, कपिलेश्वर नाथ महादेव मन्दिर, जलेश्वरको शिव मन्दिर, टुटेश्वरनाथ महादेव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव मन्दिर लगायत मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको पूजाअर्चना गर्ने घुइँचो लागेको छ ।
साउन महिनामा भगवान शिवको पूजा आराधना एवं साेमबारको व्रतबसी दर्शन गर्नाले मनको हरेक इच्छा मनोकामना पूरा हुने धार्मिक विश्वासमा रहेको छ ।