आज साउनको अन्तिम सोमबारःशिवालयहरुमा भक्तजनको भीड

  डेटूडे खबर डेस्क
  ३० श्रावण २०७९

                            

जनकपुरधाम । आज साउन महिनाको अन्तिम सोमवार, शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । 

जनकपुरधमको शिव मन्दिर, कपिलेश्वर नाथ महादेव मन्दिर, जलेश्वरको शिव मन्दिर, टुटेश्वरनाथ महादेव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव मन्दिर लगायत मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको पूजाअर्चना गर्ने घुइँचो लागेको छ । 

साउन महिनामा भगवान शिवको पूजा आराधना एवं साेमबारको व्रतबसी दर्शन गर्नाले मनको हरेक इच्छा मनोकामना पूरा हुने धार्मिक विश्वासमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट