दशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना

  डेटूडे खबर डेस्क
  ११ असोज २०७९

                            

जनकपुरधाम । बडादशैंको आज दोस्रो दिन । माता भगवती ब्रह्मचारिणीको पूजाआरधना गरी मनाईंदैछ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा लिइन्छ ।

ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक पनि मानिन्छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । नवरात्रका नौ दिनमध्ये दोस्रो दिन ब्रहृमचारिणीको पूजा गर्न जनकपुरधाम राजदेवी मन्दिर सहित देशैभरका देवीमन्दिर तथा शक्तिपीठहरुमा भक्तजनको चहलपहल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट