१५ हजार बोकाको बली राजदेवीको नाममा

  डेटूडे खबर डेस्क
  १८ असोज २०७९

                            

जनकपुरधाम । प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढेको छ ।

महाअष्टमीको साँझ राजदेवीमा बोका बली दिने परम्परा अनुसार सोमवार राति पौने ९ बजेबाट बलि चढाउन सुरु गरिएको थियो । बलि आज विहानसम्म चढाइएको हो ।

मेला आयोजक मध्येका महावीर यूवा कमिटीका उपाध्यक्ष महेश साहले १४ हजार ९४१ बोकाको बलि चढेको बताए । उनका अनुसार गतवर्ष १४ हजार २९१ बोकाको बलि चढेको थियो ।

बलि चढाउन मन्दिर परिसरमा ४ वटा ठेहा राखिएको थियो भने सयौं यूवा परिचालित थिए । मन्दिरमा यसवर्ष बोका बलि चढाउने र लाइन बसेको तस्वीर लिन प्रतिबन्ध लगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट