देउवाकाे टिप्पणी : ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गरे

  डेटूडे खबर डेस्क
  ०१ कार्तिक २०७९

                            

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेकाे संसद् मनपरी ढङ्गले भङ्ग गरेकाे बताएकाे छ । 

आज मङ्गलवार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएकाे हाे । ओलीले राष्ट्रपति भण्डारीलाई राति २ बजे उठाएर संसद् भङ्ग गरेकाे टिप्पणी गर्दै भने, ओलीजीले दुई पटक संसद् भङ्ग गरिदिनुभयो ।

जनताले चुनेको संसद् मनपरि ढङ्गले भङ्ग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भङ्ग गर्न नपाउने व्यवस्था गरेका छौँ । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गरिदिए हेर्नुस् । बिहानै गरे हुन्थ्यो । बिहान ६/७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भङ्ग गर्न थालेपछि त हामीले यो संसद् बचाउन आवश्यक थियो ।

कार्यक्रमा बाेल्दै प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । आफूले हँसिया हथाैडामा भोट हालिसकेको र आउँदाे चुनावमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने उनले बताए । सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याए देशमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको दाबी थियो । 

प्रधानमन्त्री देउवाले सत्तारूढ दलका नेताहरूले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद पनि दिए । उनले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै त्यहीअनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट