महोत्तरीको भँगाहामा दुई पक्षबीचकाे झडपले उग्ररूप लिएपछि अनिश्चितकालीन कर्फ्यू

  डेटूडे खबर डेस्क
  ११ कार्तिक २०७९

                            

महाेत्तरी । महोत्तरीकाे भंगाहामा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको छ।

बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा बिहीबार दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरी प्रहरीले जनाएकाे छ ।

 

विहीबार विहान हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो

अवस्था तनावग्रस्त भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेका थिए। दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य छ ।

mahottari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट